गौशालामा लुटपाटमा संलग्न पाँच जना पक्राउ



काठमाडौं, असार १३

काठमाडौं महानगरपालिका–९ स्थित गौशालाको रुन्चेडाँडा क्षेत्रमा वैदेशिक रोजगारीबाट फर्किएका एक व्यक्तिमाथि लुटपाट गरेको अभियोगमा पाँच जना पक्राउ परेका छन्।

असार १३ गते साँझ करिब ६:०० बजे सार्वजनिक सडकमा ती व्यक्तिलाई अपरिचित समूहले डर, त्रास र धाकधम्की दिँदै साथमा रहेको रु. ४५,००० लुटेको जानकारी पाएपछि प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले छानबिन थालेको थियो। खोजतलासका क्रममा सोही दिन साँझ ६:२८ बजे काठमाडौं महानगरपालिका–८ गौशालाबाट लुटिएको नगदसहित पाँच जना पक्राउ परेका हुन्।

पक्राउ परेकाविरुद्ध ‘डाँका गर्न नहुने’ कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिइएको र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका व्यक्तिहरूको विवरण

  • राम बहादुर तामाङ (३२), दक्षिणकाली नगरपालिका–४, काठमाडौं
  • बिपिन लामा (४०), लिसङ्खुपाखर गाउँपालिका–३, सिन्धुपाल्चोक
  • बिनोद मगर (३८), बर्दिबास नगरपालिका–६, महोत्तरी
  • राजु तामाङ (३०), सुनापाति गाउँपालिका–३, रामेछाप
  • राजकुमार माझी (३०), मन्थली नगरपालिका–१६, रामेछाप
प्रतिक्रिया दिनुहोस्