मोरङ, २०८२ असार १४ गते
मोरङको धनपालथान गाउँपालिका–५, रंगपुर वैरियास्थित श्री दुर्गा आधारभूत विद्यालय नजिक मृत अवस्थामा भेटिएकी ७ वर्षीया बालिकाको घटनामा संलग्न रहेको अभियोगमा एक युवक पक्राउ परेका छन्।
बिहान करिब ४:४५ बजे शरीरमा चोटपटक लागेको अवस्थामा बालिका मृत भेटिएपछि प्रहरीले प्रारम्भिक अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानको क्रममा बालिकाका २२ वर्षीय काका नाता पर्ने युवकले जबरजस्ती करणीपछि हत्या गरी शव त्यहीँ फालेको खुलेको छ।
उक्त व्यक्तिमाथि हाडनाता करणी र कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरिएको छ। उनलाई मोरङ जिल्ला अदालतबाट म्याद थप गराई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





