कामपा वडा नम्बर ४ दौड प्रतियोगितामा विकेश घिमिरे र रन्जु शाह प्रथम



काठमाडौं

काठमाडौं महानगरपालिका वडा नम्बर ४ द्वारा आयोजित ५ किलोमिटर खुलातर्फको दौड प्रतियोगितामा विकेश घिमिरे र रन्जु शाह विजेता बनेका छन्।
विकेशले २१ मिनेट २९ सेकेन्डमा दौड पूरा गरे भने रन्जुले ३५ मिनेट ५६ सेकेन्डमा महिलातर्फ पहिलो स्थान हासिल गरिन्।

अन्य परिणामहरू:

पुरुष खुला: अभिनाश राई (२१:३६) – दोस्रो, अमृत गुरुङ (२२:११) – तेस्रो

महिला खुला: अनुश्री प्रधानांगा (३६:२३) – दोस्रो, मन्जु थापा (३९:३५) – तेस्रो

विद्यार्थी ३ किमि: छात्र – राजेश शाही (प्रथम), राहुल तिरुवा (दोस्रो), सुमन तामाङ (तेस्रो)
छात्रा – अनिता बुढामगर (प्रथम), महिमा राई (दोस्रो), तृनिशा आचार्य (तेस्रो)

भेट्रान ३ किमि: पुरुष – शिवजी श्रेष्ठ, मिलन ढकाल, सुधांशु केसी
महिला – शान्ता ढकाल, लक्ष्मी लम्साल, तिला खनाल

वडाध्यक्ष दिनेश महर्जनका अनुसार यस वर्ष तेस्रोपल्ट आयोजना गरिएको दौडमा ३०० भन्दा बढी सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्