
काठमाडौं
किर्गिस्तानको बिश्केकमा सम्पन्न अन्तर्राष्ट्रिय हाप्किडो च्याम्पियनसिप २०२५ का पदक विजेता नेपाली खेलाडीहरूलाई नेपाल हाप्किडो संघले विशेष सम्मान गरेको छ।
समीर गुरुङ र राजेन्द्र तामाङले स्वर्ण, सरोज गुरुङले रजत पदक जितेका थिए।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष ध्रुव आचार्यले सम्मानपत्र प्रदान गर्दै खेलाडीहरूको अन्तर्राष्ट्रिय सफलतालाई राष्ट्रको गौरव भएको उल्लेख गरे।
संघ अध्यक्ष काली बहादुर घर्ती मगरले ग्रामीण भेगका युवालाई केन्द्रित गर्दै आगामी दिनमा संरचनागत सुधार, तालिम तथा प्रतिस्पर्धाको अवसर थप बढाइने बताएका छन्।





