थाइल्यान्ड ओपन करातेमा एरिका गुरुङले स्वर्ण जितिन्



काठमाडौं – नेपाली कराते खेलाडी एरिका गुरुङले थाइल्यान्ड ओपन कराते प्रतियोगिताको सिनियर महिला ६८ केजीमाथिको तौलसमूहमा स्वर्ण पदक जितेकी छन्। उनले फाइनलमा थाइल्याण्डकी चनकन खियोखामलाई पराजित गरेकी हुन्।
अन्य नेपाली खेलाडीहरूले पनि पदक जितेका छन्:

सम्पन्न बस्नेत: यु–१२ पुरुष ३७ केजी – रजत

राजिव पुडासैनी: सिनियर पुरुष ७५ केजी – कास्य

कृतिका अधिकारी: महिला ६८ केजी – कास्य

सबिना श्रेष्ठ: महिला ५५ केजी – कास्य

वर्षा बुढामगर: महिला ५० केजी – कास्य

दिया तामाङ: यु–१४ महिला ५२ केजी – कास्य

आशिष हरिजन: पुरुष ४५ केजी – कास्य

प्रजल थापा: यु–१४ पुरुष ५० केजी – कास्य

प्रतिक्रिया दिनुहोस्