
काठमाडौं, १० असार २०८२
जनप्रशासन क्याम्पस, काठमाडौंमा एमपिए तेस्रो सेमेस्टरको परीक्षा दिइरहेका एक नक्कली परीक्षार्थी पक्राउ परेका छन्। क्याम्पसबाट प्राप्त अनुरूपको पत्रको आधारमा, दान बहादुर रोकायाको सट्टामा परीक्षा दिइरहेका केशव रोकायालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
जुम्ला जिल्लाको चन्दननाथ नगरपालिका–८ घर भई हाल काठमाडौं महानगरपालिका–४, धुम्बाराहीमा बसोबास गर्दै आएका २६ वर्षीय केशव रोकायालाई प्रहरी वृत्त कालीमाटीबाट खटिएको टोलीले पक्राउ गरेको हो।
उक्त कार्य शिक्षा सम्बन्धी ऐन अन्तर्गतको कसूर भएकाले उनलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।





