किङ्स कलेजले जित्यो हाइसेन्स नेपाल सायम फुटसल उपाधि



काठमाडौँ — हाइसेन्स नेपाल प्रथम सायम अन्तरकलेज सेभेन ए साइड फुटसल प्रतियोगिताको उपाधि किङ्स कलेजले आफ्नो नाममा पारेको छ।

फाइनलमा किङ्स कलेजले टेकस्पाइर कलेजलाई २-१ गोलअन्तरले पराजित गर्दै उपाधि जित्यो। प्रतियोगितामा २८ वटा छात्र टिम सहभागी थिए। लिगकम नकआउट प्रणालीमा खेलाइएको प्रतियोगितामा टिमलाई ८ समूहमा विभाजन गरिएको थियो।

सेमिफाइनलमा टेकस्पाइर कलेजले ग्लोबल कलेजलाई पेनाल्टी सुटआउटमा ४-३ ले तथा किङ्स कलेजले एनसीएमटी कलेजलाई ३-० ले हराउँदै फाइनल यात्रा तय गरेका थिए।

तेस्रो स्थानको खेलमा ग्लोबल कलेजले एनसीएमटी कलेजलाई १-० ले हराउँदै तृतीय स्थान हासिल गर्‍यो।

विजेता किङ्स कलेजले ९० हजार, उपविजेता टेकस्पाइर कलेजले ४० हजार र तेस्रो स्थान प्राप्त ग्लोबल कलेजले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। प्रतियोगिता स्नातक तह अन्तर्गतका कलेज टिमबीच आयोजना गरिएको हो, जसको मुख्य प्रायोजक हाइसेन्स रहेको थियो।

व्यक्तिगत विधातर्फ उत्कृष्टहरू:

  • उत्कृष्ट खेलाडी: सबिन पराजुली
  • उत्कृष्ट गोलकिपर: सालिन अवाल
  • उत्कृष्ट डिफेन्डर: सनम महर्जन
  • सर्वाधिक गोलकर्ता: सुवर्ण आचार्य
  • फेयर प्ले टिम: लिटिल एन्जल्स कलेज
  • उत्कृष्ट प्रशिक्षक: आरोन गुरुङ (किङ्स कलेज)
  • उत्कृष्ट म्यानेजर: ह्रिशव (टेकस्पाइर कलेज)
प्रतिक्रिया दिनुहोस्