
काठमाडौं, असार १३
नेपाली सेनाका सहायक रथी गौरव कुमार के.सी.लाई उपरथी दर्जामा पदोन्नति पश्चात प्रधान सेनापति महारथी अशोक राज सिग्देलले दर्ज्यानी चिन्ह प्रदान गरेका छन्। आज जंगी अड्डामा आयोजित विशेष समारोहमा प्रधान सेनापतिले के.सी.लाई चिन्ह प्रदान गरेका हुन्।
२०८२ साल असार ९ गतेदेखि उपरथीमा पदोन्नति भएका के.सी.लाई हाल पूर्वी पृतना हेडक्वार्टरको पृतनापतिमा नियुक्त गरिएको छ।
कार्यक्रममा बलाध्यक्ष, रथीवृन्द, अन्य उच्चपदस्थ अधिकृतहरू तथा पदोन्नत अधिकारीका परिवारजनको उपस्थिति रहेको थियो।






