थाइल्यान्ड ओपन कराते च्याम्पियनसिपमा भाग लिन नेपाली टोली प्रस्थान



काठमाडौं, असार १०

थाइल्यान्ड ओपन कराते च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली बुधबार थाइल्यान्ड प्रस्थान गर्ने भएको छ। प्रतियोगिता असार १३ देखि १५ गतेसम्म थाइल्यान्डमा आयोजना हुनेछ।

टोलीमा १० खेलाडीसहित २ प्रशिक्षक र ५ निर्णायक छन्, जसले विभिन्न स्पर्धामा नेपालको प्रतिनिधित्व गर्नेछन्।

टोलीलाई बूढानीलकण्ठ नगरपालिकाकी उप–मेयर अनिता लामा, वडा नं. ८ का अध्यक्ष सुमन तामाङ र नेपाल सितोरियो कराते संघका सचिव प्रेमलाल बम्जनले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे।

प्रतिक्रिया दिनुहोस्