राज दरईं कोरिया र अशोक खड्का अस्ट्रिया जाने, तेक्वान्दो अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुति दिने



काठमाडौं, असार १०

नेपाली तेक्वान्दो खेलाडी राज दरईं वर्ल्ड ओलम्पिक तेक्वान्दो प्रतियोगितामा भाग लिन बुधबार दक्षिण कोरिया प्रस्थान गर्दैछन्। मुजुमा हुने प्रतियोगिता जुन २९ देखि जुलाई २ तारिखसम्म हुनेछ, जहाँ उनले पुरुष ६३ केजी मुनिको तौल समूहमा प्रतिस्पर्धा गर्नेछन्।

यसैगरी, अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक अशोक खड्का अस्ट्रियाको भियानामा आयोजना हुने अस्ट्रियन ओपन जी–२ पुम्से प्रतियोगितामा निर्णायकको भूमिकामा सहभागी हुने छन्। प्रतियोगिता जुन २८ र २९ मा हुनेछ।

आईओएफटीसी नेपाल च्याप्टरका महासचिव गिरीबहादुर सुनार र पूर्व मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठले मंगलबार दुवैलाई बिदाइ गरे।

प्रतिक्रिया दिनुहोस्