मनास्लु र वारियर्सले एसडब्लुएससी कप बास्केटबलमा जित हासिल



काठमाडौं, असार १०

साउथ वेस्टर्न स्टेट कलेज (एसडब्लुएससी) को आयोजनामा सम्पन्न एसइइ थ्री बाइ थ्री बास्केटबल प्रतियोगितामा मनास्लु ब्वाइज र वारियर्स गल्र्स टिम च्याम्पियन बनेका छन्।

बसुन्धरास्थित कलेजको कोर्टमा भएको ब्वाइज फाइनलमा मनास्लुले बीएमकेलाई १८–१७ ले हरायो। गल्र्स फाइनलमा वारियर्सले भ्याली पब्लिकलाई १३–१२ ले पराजित गर्दै उपाधि चुमे।

दुवै विजेता टोलीले १५ हजार रुपैयाँ नगद तथा खेलाडीहरूले ५० प्रतिशत छात्रवृत्ति प्राप्त गरे। उपविजेतालाई १० हजार रुपैयाँ र ४० प्रतिशत छात्रवृत्ति तथा अन्य सहभागी टोलीका खेलाडीलाई २० प्रतिशत छात्रवृत्ति प्रदान गरियो।

मनास्लु र वारियर्सले यसअघि आइतबार सम्पन्न एलएनए एसइइ कप पनि जितेका थिए। ब्वाइजतर्फ शुभम् सैजु र गल्र्सतर्फ दिब्यान्शा कार्की ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए।

प्रतिक्रिया दिनुहोस्