
काठमाडौं, असार १०
उमा कुङफु खेलाडी भूपेन्द्र गुरुङ र सुदेन गुरुङ वल्र्ड युनाइटेड मार्सल आर्ट्स (उमा) युरोपियन च्याम्पियनसिपमा सहभागी हुन बिहीबार बेलायत प्रस्थान गर्ने भएका छन्। प्रतियोगिता जुन २९ मा बेलायतको चेल्टेनह्याममा हुने छ।

भूपेन्द्रले चाइनिज ट्रेडिसनल फम र सफ्ट स्टायल विधामा प्रतिस्पर्धा गर्नेछन् भने सुदेनले आफ्नो अन्तर्राष्ट्रिय डेब्यु गर्दै चाइनिज क्रिएटिभ फम र चाइनिज ट्रेडिसनल फममा भाग लिनेछन्।
प्रतियोगिताअघि भूपेन्द्रले जर्मनीको सिर्मनमा हुने डब्लुएमएसी जर्मन ओपनमा पनि सहभागिता जनाउने छन्। जुन २७ देखि २९ सम्म चल्ने उक्त प्रतियोगिता वल्र्ड मार्सल आर्ट्स कमिटी (डब्लुएमएसी) को आयोजनामा हुनेछ।
टोलीलाई नेपाल उमा कुङफु संघका अध्यक्ष संजीतकुमार राई, उपाध्यक्ष रमेश महर्जन, प्रमुख प्रशिक्षक दीपक श्रेष्ठ तथा शंखपार्क ताइची क्लबका अध्यक्ष श्याम गौतमले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे।





