
सुकुटे, असार ९
नेपाल महिला रग्बी क्लबले प्रथम बागमती महिला बिच रग्बी प्रतियोगिताको उपाधि जितेको छ। फाइनलमा नेपाल महिला रग्बी क्लबले मधेश प्रदेशलाई २–० ले पराजित गर्दै च्याम्पियन बनेको हो।
प्रतियोगितामा नेपाल महिला रग्बी क्लबसहित गोर्खाली रग्बी क्लब, मधेश प्रदेश र आयोजक बागमती प्रदेशका गरी ४ टोली सहभागी थिए। महिला रग्बीको विकास र विस्तारमा टेवा पुर्याउने उद्देश्यसहित आयोजना गरिएको प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको आयोजकले जानकारी दिएको छ।





