सायम कलेजद्वारा अन्तरकलेज फुटसल प्रतियोगिता: २८ टिमको सहभागिता



काठमाडौं, असार ९

सायम कलेजको आयोजनामा सुरु हुन लागेको ‘हाइसेन्स नेपाल प्रथम सायम अन्तरकलेज सेभेन ए साइड फुटसल प्रतियोगिता’मा २८ छात्र टिमको सहभागिता रहने भएको छ। प्रतियोगिता असार १२ गते बुधबारदेखि भक्तपुरको रोयल नेपाल फुटसल मैदानमा सुरु हुनेछ।

प्रतियोगिताबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा सायम कलेजका प्रिन्सिपल अशोकराज पाण्डेले विद्यार्थीको प्रतिभा उजागर गर्न यस्ता कार्यक्रमले सहयोग पुर्‍याउने बताए। प्रतियोगिता लिग कम नकआउट आधारमा हुनेछ।

प्रतियोगितामा प्रथम हुने टिमले ९० हजार, दोस्रोले ४० हजार र तेस्रो हुने टिमले २० हजार नगद पुरस्कार पाउनेछ। उत्कृष्ट खेलाडी, डिफेन्डर, गोलकिपर र गोलकर्ता तथा प्रशिक्षकलाई नगदसहित गिफ्ट भौचर प्रदान गरिनेछ। प्रतियोगिताको अनुमानित लागत ५ लाख ५० हजार रुपैयाँ रहेको आयोजकले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्