खेलकुद मन्त्री चौधरीद्वारा कीर्तिपुर क्रिकेट मैदानको निरीक्षण



काठमाडौं, असार ९

युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले सोमबार कीर्तिपुरस्थित टियु क्रिकेट मैदानको निरीक्षण गरेका छन्। हाल मैदानमा प्यारापिट निर्माण र फ्लडलाइट जडानसम्बन्धी कार्य तीव्र गतिमा अगाडि बढिरहेको छ। उक्त कार्यको प्रगति अवलोकन गर्न मन्त्री चौधरी स्वयं मैदानमा पुगेका थिए।

निरीक्षणका क्रममा उनले निर्माण कार्य गुणस्तरीय बनाउन निर्देशन दिँदै तोकिएको समयमै काम सम्पन्न गर्न सम्बन्धित निकायलाई स्पष्ट निर्देशन दिए। नेपाल क्रिकेट संघ (क्यान) को पहलमा भइरहेको उक्त संरचनागत सुधारले अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न अनुकूल वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्