कुटपिट गरी हत्या गर्ने चार जना पक्राउ, ५ दिनको म्याद थप



काठमाडौं, असार ७ —
बारा जिल्लाको निजगढ नगरपालिका–८ का ३२ वर्षीय कृष्ण लामा लोको कुटपिटबाट हत्या गरेको अभियोगमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूलाई काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–५, टुसालस्थित एक घरमा लगेर २०८२ असार ६ गते राति कुटपिट गरिएको थियो।

प्रहरीका अनुसार कृष्ण लामा लो आफ्ना साथी बिकास लामा लोको बहिनीको जन्मदिन मनाउन टुसाल पुगेका थिए। त्यही क्रममा उनीमाथि आक्रमण गरी हत्या गरिएको हो। घटनामा संलग्न चार जना व्यक्तिहरूलाई प्रहरीले असार ७ गते पक्राउ गरेको छ।

काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी उनीहरूविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका व्यक्तिहरूको विवरण:

१. बिकास लामा लो — मकवानपुर घर भई हाल काठमाडौं, बुढानीलकण्ठ–५, टुसाल बसोबास।
२. सुगन्द लामा — बारा, निजगढ नगरपालिका–७ निवासी, २९ वर्ष।
३. सौगात क्षेत्री — बुढानीलकण्ठ नगरपालिका–५ निवासी, १८ वर्ष।
४. निसान जिम्भा — मकवानपुर, बकैया गाउँपालिका–२ निवासी, २३ वर्ष।

प्रहरीले थप अनुसन्धान अघि बढाइरहेको छ।

प्रतिक्रिया दिनुहोस्