
काठमाडौं, असार ६ गते
काठमाडौं जिल्लाव्यापी बृहत खेलकुदअन्तर्गत आयोजित तेक्वान्दो प्रतियोगितामा आयोजक काठमाडौं महानगरपालिका वडा नं. २६ ले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेको छ। वडा २६ ले ६ स्वर्ण, ५ रजत र १ कांस्य पदक जित्दै टिम च्याम्पियनको उपाधि हात पारेको हो।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सम्पन्न प्रतियोगितामा काठमाडौं महानगरपालिका वडा ११ ले ४ स्वर्ण, २ रजत र १ कांस्य पदकसहित दोस्रो स्थान प्राप्त गर्यो। तेस्रो स्थानमा २ स्वर्ण, ४ रजत र ६ कांस्यसहित तार्केश्वर नगरपालिका रह्यो। विजेता टिमलाई क्रमशः ७५ हजार, ५० हजार र २५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरियो।

प्रतियोगितामा पुरुषतर्फ आयोजक वडा २६ का रोहन भुजेल र महिलातर्फ गोंगबुकी कृतिका देउला उत्कृष्ट खेलाडी घोषित भए। दुवैले जनही १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।
स्वर्ण पदक विजेता
पुरुषतर्फ:
कैलाश थापा (४६ केजी, वडा ११)
निश्चल धोली (५१ केजी, वडा ११)
तपेन्द्र विष्ट (३८ केजी, वडा ११)
राहुल हाङ लिम्बू (४२ केजी, वडा २०)
रोहन भुजेल (४९ केजी, वडा २६)
एकेन्द्र खड्का (३१ केजी, वडा २६)
अंकितमान गुरुङ (२३ केजी, वडा १७)
स्वरुपराज पाण्डे (२६ केजी, तार्केश्वर)
सुरज श्रेष्ठ (२८ केजी, वडा २६)
प्रज्ज्वल पौडेल (३५ केजी, स्वयम्भू)
महिलातर्फ:
सुसन्ध्या खड्का (३६ केजी, तुख्या)
श्रीयुक्ता लामा (३९ केजी, वडा ११)
सारदामाया बमजन (४६ केजी, लैनचौर)
आकृति गुरुङ (४९ केजी, वडा २६)
कृति थापा मगर (४२ केजी, ताकेश्वर)
आलिया खातुन (२४ केजी, वडा २६)
लिसा तामाङ (२७ केजी, वडा १७)
कृतिका देउला (३१ केजी, गोंगबु)
सुमिना खड्गी (५२ केजी, वडा २६)
समिक्षा तामाङ (३३ केजी, बालाजु)
प्रतियोगितामा बागमती प्रदेशकी सामाजिक विकास मन्त्री हरिप्रभा खड्गी श्रेष्ठ, वडा २६ का अध्यक्ष ख्यामराज तिवारी, आयोजक सदस्य प्रवेश श्रेष्ठ, काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गी लगायतले विजेतालाई पुरस्कृत गरे।
तेक्वान्दो संयोजक गौरव रजतका अनुसार दुईदिने प्रतियोगितामा पुरुष र महिला दुवै तर्फ १०–१० गरी २० स्पर्धामा २५९ खेलाडी सहभागी भएका थिए। व्यक्तिगत रुपमा पहिलो, दोस्रो र तेस्रो स्थान प्राप्त खेलाडीले क्रमशः ४ हजार, ३ हजार र २÷२ हजार नगद पुरस्कार पाए।
अन्य खेल
बृहत खेलकुदअन्तर्गत हालसम्म तेक्वान्दोसहित टेबलटेनिस र कराते सम्पन्न भएका छन्। पुरुष फुटसलको फाइनलमा वडा ५ ले आयोजक वडा २६ लाई ३–१ ले हराउँदै र तार्केश्वरले वडा १३ लाई १–० ले पराजित गर्दै फाइनल प्रवेश गरेका छन्। फाइनल शनिबार हुनेछ। विजेताले १ लाख ५० हजार र उपविजेताले ७५ हजार रुपैयाँ पाउनेछ। फुटबल संयोजक रामबहादुर रजकका अनुसार एकदिने क्योकुसिन कराते प्रतियोगिता पनि शनिबार टेबलटेनिस प्रशिक्षण केन्द्रमै आयोजना हुनेछ।





