‘प्रहरी हुँ’ भन्दै रकम असुल गर्ने युवक पक्राउ



मोरङ — आफूलाई प्रहरी भनेर सर्वसाधारणसँग डर त्रास देखाई रकम असुल गर्ने एक युवक पक्राउ परेका छन्।

मोरङको विराटनगर महानगरपालिका–१२ बस्ने २५ वर्षीय धन कुमार थारुले रानी–जोगबनी सडकखण्डमा शारीरिक रूपले अपाङ्ग व्यक्ति लगायत सर्वसाधारणलाई जोगबनीबाट विराटनगरतर्फ घरायसी सामान ल्याउँदै गर्दा “प्रहरी हो” भनी डरत्रास देखाएर रकम लिने गरेको भन्ने सूचनाको आधारमा खोजी गर्दा उनी २०८२ असार ६ गते फेला परेका हुन्।

पक्राउ परेका थारुलाई जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याई जिल्ला प्रशासन कार्यालय मोरङबाट अभद्र व्यवहार सम्बन्धी कसुरमा पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका व्यक्ति

  • नाम: धन कुमार थारु
  • उमेर: २५ वर्ष
  • ठेगाना: विराटनगर महानगरपालिका–१२, मोरङ
प्रतिक्रिया दिनुहोस्