
काठमाडौँ, असार ५
लागू औषधको ओसारपसार तथा कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले कोटेश्वरस्थित पाहुना गेस्ट हाउसमा छापा मार्दा ४ किलो १०० ग्राम गाँजासहित एक जना पक्राउ परेका छन्।
२०७९ असार ५ गते दिउँसो करिब ४:३० बजे काठमाडौँ महानगरपालिका–३२ कोटेश्वरस्थित सो गेस्ट हाउसको दोस्रो तलाको कोठा नम्बर २०६ मा बसोबास गर्दै आएका रामेछाप मन्थली नगरपालिका–१० घर भएका ३० वर्षीय सुरेश पुलामी मगरलाई पक्राउ गरिएको हो।
प्रहरीले कोठाभित्र लुकाई राखिएको लागू औषध गाँजा बरामद गरेपछि उनलाई पक्राउ गरी लागू औषध सम्बन्धी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई अनुसन्धान अघि बढाइएको जनाएको छ।
बरामद गरिएको लागू औषध:
- गाँजा: ४ किलो १०० ग्राम





