
काठमाडौं, असार ५
काठमाडौंको बल्खु क्षेत्रबाट लागू औषध ओसारपसार तथा बिक्री वितरणमा संलग्न एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
मंगलवार साँझ करिब ५:३० बजे लागू औषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो। सो क्रममा संकास्पद गतिविधि गरिरहेका एक व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ पर्ने व्यक्ति ताप्लेजुङ फुलिङ नगरपालिका–२ स्थायी घर भई हाल ललितपुर महानगरपालिका–२, सानेपामा बसोबास गर्दै आएका २८ वर्षीय गोपाल प्रधान हुन्।
उनको साथबाट कालो झोलाभित्र लुकाइ राखिएको विभिन्न लागू औषध बरामद गरिएको छ। प्रहरीले लागू औषध सम्बन्धी कसूरमा उनलाई काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान गरिरहेको छ।
बरामद लागू औषध
- डाइजेपाम: २२ एम्पुल
- फेनरगन: ३२ एम्पुल
- बुप्रिनोर्फिन: ३२ एम्पुल
- ट्रामाडोल: ८८ क्याप्सुल





