
काठमाडौं, असार ५ गते ।
२१ लाख रुपैयाँ बराबरको बैंकिङ कसुर मुद्दामा फरार रहेका प्रतिवादी प्रणवलाल सिंहलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल सरकार वादी रहेको उक्त मुद्दामा सिंहलाई अदालतले २ वर्ष कैद र बिगो रकम बराबरको जरिवाना तोकेको थियो।
काठमाडौं महानगरपालिका–२२ निवासी ५२ वर्षीय सिंह हाल काठमाडौं महानगरपालिका–१३ छाउनीमा बसोबास गर्दै आएका थिए। फरार रहेका उनलाई खोजतलासका क्रममा प्रहरीले असार ५ गते पक्राउ गरेको हो।
पक्राउ परेपछि उनलाई फैसला कार्यान्वयनको लागि सम्मानित काठमाडौं जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ।





