
काठमाडौँ, असार ५
नेपाल राष्ट्रिय मुवाँथाई संघको आयोजनामा दोस्रो राष्ट्रिय मुवाँथाई प्रतियोगिता शुक्रबार (भोलिदेखि) सुरु हुँदैछ। प्रतियोगितामा पुरुषतर्फ १३ र महिलातर्फ ७ गरी जम्मा २० स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक संघका अध्यक्ष गणेशलाल कक्षपतिले जानकारी दिए।
प्रतियोगितामा ६ वटा प्रदेशका प्रतिनिधि र नेपाल एपीएफ क्लब गरी ८७ जना खेलाडी सहभागी हुनेछन्। दुईदिने प्रतियोगिता काठमाडौँको कलंकीस्थित नेसनल बिजनेस ट्रेड सेन्टरमा आयोजना हुनेछ।





