हाप्किडो राष्ट्रिय च्याम्पियनसिपको तयारी सम्पन्न



रुपन्देही, असार ५
१०औं संस्करणको राष्ट्रिय हाप्किडो च्याम्पियनसिपका लागि सम्पूर्ण तयारी पूरा भएको छ।
प्रवेश पाउने ५०० खेलाडी सातै प्रदेशबाट सहभागिता जनाउनेछन्।

७२ स्पर्धा समावेश गरिने प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्यले गर्नेछन्।
मुख्य प्रशिक्षक प्रविण गुरुङका अनुसार स्पर्धा उमेर, तौल र बेल्टअनुसार तोकिएको हो।
रुपन्देही जिल्ला हाप्किडो संघका अध्यक्ष भुमलाल श्रेष्ठले प्रतियोगिता खेल विकासमा महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्