राहुल विश्वकर्मा सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप विजेता



काठमाडौं, असार ५
एमेच्योर राहुल विश्वकर्माले सूर्य नेपाल गल्फ टुर २०२४–२५ अन्तर्गतको अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप को उपाधि जितेका छन्।

राहुलले २१ अन्डर २६७ स्कोर बनाएर नेपाल नम्बर एक प्रोफेसनल भुवन नगरकोटीलाई दुई स्ट्रोकले पछि पारे।
भुवन १९ अन्डर २६९ स्कोरसहित दोस्रो स्थानमा रहे भने सदभाव आचार्य तेस्रो भए।

प्रो तर्फ निरज तामाङ अर्डर अफ मेरिटमा पहिलो स्थानमा रहे। प्रतियोगितामा १६ लाख रुपैयाँको पुरस्कार राशीमा ५५ गल्फर सहभागी थिए।
विजेताहरूलाई सूर्य नेपालका प्रबन्ध निर्देशक रवि कुमार रायवरम र एनपिजिए अध्यक्ष रवीन्द्रमान श्रेष्ठले पुरस्कार प्रदान गरे।

प्रतिक्रिया दिनुहोस्