प्रवीण तुलाधर र इरा कार्कीलाई राखेपको बिदाइ



काठमाडौं, असार ५
राष्ट्रिय खेलकुद परिषद्ले (राखेप) बक्सिङका मुख्य प्रशिक्षक प्रवीण तुलाधर र सानकी लेखापाल इरा कार्कीलाई ५८ वर्षे उमेरहदका कारण बिहीबार बिदाइ गरेको छ।

दुवै कर्मचारी २०५२ र २०५३ सालदेखि सेवामा थिए। राखेप कार्यकारी समिति सदस्य कमलबहादुर भट्टराईले मायाको चिनो प्रदान गर्दै बिदाइ गरे।
कार्यक्रममा विभिन्न विभाग प्रमुख र कर्मचारीहरूको उपस्थिति थियो।

प्रतिक्रिया दिनुहोस्