तेक्वान्दोमा सुशील र सुरज फाइनलमा



काठमाडौं, असार ५
काठमाडौं जिल्लाव्यापी वृहत खेलकुद अन्तर्गत तेक्वान्दो प्रतिस्पर्धामा गोंगबुका सुशील तामाङ र आयोजक वडा २६ का सुरज श्रेष्ठ पुरुष २८ केजीमुनि तौल समूहको फाइनलमा पुगेका छन्।

अन्य तौल समूहको फाइनलमा पुगेका खेलाडीहरू:

२० केजीमुनि – काठमाडौं–१७ का अंकितमान गुरुङ र आयोजकका रवि थिङ

२६ केजीमुनि – तार्केश्वरका स्वरुपराज पाण्डे र आयोजकका प्रदीप बुढाथोकी

३५ केजीमुनि – स्वयम्भूका प्रज्ज्वल पौडेल र तार्केश्वरका आयु रे

३८ केजीमुनि – तार्केश्वरका उत्सव लोहनी र काठमाडौं–११ का तपेन्द्र विष्ट

महिला तर्फ फाइनलमा पुगेका खेलाडी:

२४ केजीमुनि – आयोजककी आलिया खातुन र काठमाडौं–११ की प्रास्ना जोशी

२७ केजीमुनि – काठमाडौं–१७ की लिसा तामाङ र लैनचौरकी आकांक्षा पाण्डे

३१ केजीमुनि – गोंगबुकी कृतिका देउला र आयोजककी रितिका शाही

३३ केजीमुनि – काठमाडौं–१६ की समिक्षा तामाङ र काठमाडौं–११ की रनिशा गौतम

३६ केजीमुनि – तुख्याका सुसन्ध्या खड्का र आयोजककी स्मारिका शाही

३९ केजीमुनि – मातातीर्थकी पन्ना विक र काठमाडौं–११ की श्रीयुक्ता लामा

४२ केजीमुनि – तार्केश्वरकी कृतिका थापा मगर र आयोजककी पुनम खत्री

४६ केजीमुनि – लैनचौरकी सारदामाया बमजन र काठमाडौं–११ की निग्रानी खड्का

प्रतियोगिताका संयोजक गौरव रजकका अनुसार पहिलो दिन पुरुषमा ५ र महिलामा ८ तौल समूहमा फाइनल समीकरण तय भएको छ। प्रतियोगितामा २ सय ५९ खेलाडी सहभागी छन्।

प्रतिक्रिया दिनुहोस्