बुढानीलकण्ठ–१० मा समर फुटबल क्याम्प सुरु



बुढानीलकण्ठ नगरपालिका वडा–१० ले १४ वर्षमुनिका बालबालिकालाई लक्षित गरी समर फुटबल क्याम्प सुरु गरेको छ। नर्थ स्टार फुटबल एकेडेमीको प्राविधिक सहयोगमा कपनस्थित ह्यान्डबल बहुउद्देश्यीय स्पोर्ट्स सेन्टरमा बुधबारदेखि सुरु भएको ११ दिने क्याम्पमा ६० बालबालिका सहभागी छन्।

नगरप्रमुख मिठाराम अधिकारी र वडा अध्यक्ष नवराज भट्टराईले क्याम्पको उद्घाटन गरेका थिए। राष्ट्रिय फुटबल टोलीका पूर्वगोलकिपर विशाल श्रेष्ठले प्रशिक्षण सम्हाल्नेछन्। क्याम्पमा फुटबलका आधारभूत सीप, टिम भावना, नेतृत्व विकास तथा अनुशासन र प्रेरणासम्बन्धी तालिम दिइनेछ।

अध्यक्ष भट्टराईका अनुसार क्याम्पबाट नयाँ प्रतिभावान फुटबलर उत्पादन र समावेशी खेलकुद संस्कारको विकास अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्