
राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी संघले नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) का नवनिर्वाचित पदाधिकारीहरूलाई बिहीबार बधाई तथा शुभकामना दिएको छ। त्रिपुरेश्वरस्थित राखेप कार्यालयमा आयोजित कार्यक्रममा संघकी अध्यक्ष सरस्वती केसी भण्डारीले अध्यक्ष निरञ्जन अधिकारीलाई मायाको चिनो र अन्य पदाधिकारीलाई खादा ओढाएर सम्मान गरिन्।

कार्यक्रममा अध्यक्ष भण्डारीले खेलकुदको विकासका लागि कर्मचारी र पत्रकारबीच सहकार्य आवश्यक रहेको बताइन्। अध्यक्ष अधिकारीले खेल पत्रकारिता र राखेपबीचको सम्बन्ध गहिरो रहेको र पत्रकारिता खेलकुदको विकाससँगै अघि बढ्नुपर्ने धारणा राखे।





