बिलि जिन किङ कपमा नेपालको लगातार दोस्रो जित



बुधबार श्रीलंकाको कोलम्बोमा जारी बिलि जिन किङ कप टेनिस प्रतियोगितामा नेपालले लगातार दोस्रो जित दर्ता गर्‍यो। समूह ‘बी’ अन्तर्गत नेपालले कतारलाई ३–० ले पराजित गर्‍यो।

पहिलो सिंगल्समा शिभाली गुरुङले दाना खलिफालाई ६–०, ६–२ ले पराजित गरिन् भने दोस्रो सिंगल्समा अभिलाषा विष्टले मुबारका अल नाइमीलाई ७–६, ६–४ को सेटमा हराइन्। डबल्सतर्फ सुनिरा थापा र स्वस्तिका विष्टको जोडीले हिन्द अल मुदाहका र मुबारकाको जोडीलाई ४–६, ७–५, ११–९ ले पराजित गरिन्।

नेपाल टेनिस संघका तदर्थ समिति सदस्य एवं टिम अफिसियल अजय विष्टका अनुसार नेपालले बिहीबार समूह चरणको अन्तिम खेल श्रीलंकासँग खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्