काठमाडौं जिल्ला वृहत खेलकुद: एलिनालाई काता स्वर्ण, फुटसल र करातेमा उत्कृष्ट प्रदर्शन



काठमाडौं, असार ४ गते

कीर्तिपुर नगरपालिकाकी एलिना थिङले काठमाडौं जिल्लाव्यापी वृहत खेलकुदअन्तर्गत करातेको महिला एकल काता स्पर्धामा स्वर्ण पदक जितेकी छन्। बुधबार लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सम्पन्न फाइनल खेलमा एलिनाले तार्केश्वर नगरपालिकाकी प्रसन्न फुयाललाई पराजित गर्दै शीर्ष स्थान हासिल गरिन्।

नागर्जुन नगरपालिकाकी बन्दना तामाङ र काठमाडौं महानगरपालिका वडा २६ की मिस्टी श्रेष्ठ संयुक्तरूपमा तेस्रो स्थानमा रहिन्। विजेताले क्रमशः ३० हजार, १५ हजार र ५/५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।

महिला टिम कुमुतेतर्फ नागर्जुन नगरपालिकाका सोनाम शेर्पा, समिक्षा ढुंगाना, मोनिका लामा, आयुशा प्रधान र मनीषा लामाको टोलीले पहिलो स्थान हात पार्‍यो। काठमाडौं महानगरपालिका वडा ३१ का महिमा राई, आशिका राई, दिया तामाङ, नानु चौधरी र रुक्साना दनुवारले दोस्रो स्थान हासिल गरे। गोकर्णेश्वर र तार्केश्वर नगरपालिकाका खेलाडीहरू संयुक्त तेस्रो भए। यस स्पर्धामा पहिलो, दोस्रो र तेस्रो हुने टिमले क्रमशः ५० हजार, २५ हजार र १०/१० हजार रुपैयाँ पुरस्कार जित्नेछन्।

करातेका संयोजक सन्तोष श्रेष्ठका अनुसार दुईदिने प्रतियोगितामा महिला वर्गका दुई स्पर्धामा ८० खेलाडीले प्रतिस्पर्धा गरेका थिए।

प्रतिक्रिया दिनुहोस्