सूर्य नेपाल प्रिमियर गल्फमा राहुल र सुबाश शीर्ष स्थानमा



सूर्य नेपाल गल्फ टुर अन्तर्गत सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको दोस्रो दिन एमेच्योर राहुल विश्वकर्मा र प्रो सुबाश तामाङ संयुक्तरूपमा शीर्ष स्थानमा छन्। उनीहरूले समग्रमा १० अन्डर १३४ स्कोर गर्दै अग्रता लिएका हुन्।

राहुले दोस्रो दिन ७ अन्डर ६५ र सुबाशले ६ अन्डर ६६ स्कोर गरे। एमेच्योर सदभाव आचार्य ८ अन्डर १३६ स्कोरसहित तेस्रो स्थानमा उक्लिए।

प्रतियोगिताको कटमा २२ प्रो र ६ एमेच्योर खेलाडी गरी २८ गल्फर रहेका छन्।

विजेताले ३ लाख नगद, दोस्रोले १ लाख ८५ हजार र तेस्रोले १ लाख २५ हजार पुरस्कार प्राप्त गर्नेछन्। शनिबार (असार ७) प्रो–एम प्रतियोगिता हुनेछ जसमा २५ प्रो र १०० एमेच्योर खेलाडी सहभागी हुनेछन्।

प्रतिक्रिया दिनुहोस्