
काठमाडौं महानगरपालिका–२२ को आयोजनामा पहिलो मिस्टर महानगर शारीरिक सुगठन प्रतियोगिता असार ६ र ७ गते राष्ट्रिय सभागृह, प्रदर्शनीमार्गमा हुने भएको छ।

प्रतियोगितामा ५५ केजीदेखि ७५ केजीमाथिसम्मका ६ तौल समूहमा प्रतिस्पर्धा हुनेछ। विजेता खेलाडीहरू ओभरअल उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। ओभरअल विजेताले ५ लाख नगद, ट्रफी र ब्यानेट प्राप्त गर्नेछ।
तौल समूह विजेताले ७५ हजार, उपविजेताले ५० हजार, तेस्रो स्थानले २५ हजार, चौथोले १५ हजार र पाँचौंले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।





