वृहत खेलकुद अन्तर्गत फुटसलतर्फ तार्केश्वर, वडा नं. २३, १६ र ५ क्वाटरफाइनलमा प्रवेश गरेका छन्। लैनचौर खेलमैदानमा भएको खेलमा तार्केश्वरले वडा–१० लाई ३–१ गोलले हरायो। विजयी टोलीका लागि सुनिल थापा र रविन चौलागाईंले एक–एक गोल गरे भने एक गोल विपक्षी टिमले आत्मघाती गरे।
त्यस्तै, वडा–२३ ले वडा–१ लाई २–१ ले हरायो। विशाल श्रेष्ठले १ गोल गर्दा अर्को गोल आत्मघाती रह्यो। वडा–१ का गौरव महर्जनले सान्त्वना गोल गरे। वडा–१६ ले वडा–११ लाई सुविल श्रेष्ठ र आयुश कुँवरका गोलमार्फत २–० ले पराजित ग¥यो। वडा–५ ले वडा–२ लाई पुस्कर आचार्य र राकेश श्रेष्ठका गोलले २–० ले हरायो।
फुटसल, कराते, क्योकुसिन कराते, टेबलटेनिस र तेक्वान्दो समावेश प्रतियोगितामध्ये टेबलटेनिस प्रतियोगिता सम्पन्न भइसकेको छ।





