नेपाल जिन किङ कपको समूह ‘बी’ मा



काठमाडौं, असार २

मङ्गलबारदेखि सुरु हुने जिन किङ कप टेनिस प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ। उक्त समूहमा नेपालसँगै श्रीलंका, कतार र म्यान्मार रहेका छन्। समूह ‘ए’ मा पाकिस्तान, तुर्कमिनिस्तान र ताजाकिस्तान रहेका छन्।

समूह ‘बी’ अन्तर्गतको पहिलो खेलमा नेपाल म्यान्मारसँग प्रतिस्पर्धा गर्दै प्रतियोगिता आरम्भ गर्नेछ। नेपाल टेनिस संघ तदर्थ समितिका सदस्य अजय विष्टका अनुसार प्रतियोगितामा केवल महिला खेलाडीहरूको सहभागिता रहनेछ। नेपालको तर्फबाट अभिलाषा विष्ट, शिभाली गुरुङ, सुनिरा थापा र स्वस्तिका विष्ट प्रतिस्पर्धामा उत्रने छन्।

जिन किङ कपको समूह ३ अन्तर्गतको यो प्रतिस्पर्धामा जम्मा ७ राष्ट्र सहभागी छन्। प्रतियोगिता समूह चरणको आधारमा संचालन गरिनेछ।

प्रतिक्रिया दिनुहोस्