
फुटसलतर्फ आयोजक वडा २६ ले वडा १७ लाई ३–० ले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ। साजन शाही ‘म्यान अफ द म्याच’ घोषित भए। वडा १७ ले भने वडा ३० लाई टाइब्रेकरमा हराउँदै अन्तिम आठमा स्थान बनायो।

मंगलबार वडा १ बनाम वडा २३, वडा ५ बनाम वडा २, वडा १० बनाम वडा ६ र वडा ११ बनाम वडा १६ बीच फुटसल खेल हुनेछ। यसै दिनदेखि कराते प्रतियोगिता पनि सुरु हुनेछ।





