
काठमाडौं, असार १ — बैंकिङ कसुर, ठगी र चेक अनादरसम्बन्धी तीन फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूबाट कूल बिगो रकम ३९ लाख ५० हजार रुपैयाँ बराबर रहेको छ।
रु. १६ लाख बिगो भएको बैंकिङ कसुर मुद्दामा फरार रहेकी बुढानिलकण्ठ नगरपालिका–१० भंगालकी ४५ वर्षीया मुना खातुन श्रेष्ठलाई प्रहरीले ललितपुरको ठेचोबाट पक्राउ गरेको हो।
त्यस्तै, ठगी मुद्दामा रु. ११ लाख बिगो रहेका भारतको कोलकत्ता घर भई हाल कपन बस्दै आएका ३८ वर्षीय मोहमद अलि पक्राउ परेका छन्।
यस्तै, बैंकिङ कसुर र चेक अनादरसम्बन्धी मुद्दामा फरार रहँदै आएका सर्लाहीको ईश्वरापुर नगरपालिका–९ घर भई हाल बत्तीसपुतली बस्दै आएका ६५ वर्षीय अर्जुन थापा पनि पक्राउ परेका छन्। उनीमाथि रु. १२ लाख ५० हजार बराबरको बिगो रहेको छ।
पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धानका लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ।





