टेबलटेनिस: इन्दिराको भेट्रान स्वर्ण




काठमाडौं

काठमाडौं महानगरपालिका २९ की इन्दिरा पराजुलीले भेट्रान ४० वर्षमाथिको महिला सिंगल्स टेबलटेनिसमा स्वर्ण जितेकी छन्।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सम्पन्न फाइनलमा उनले सविता बस्नेतलाई ११–५, ११–२ ले पराजित गरिन्। सम्झना पोखरेल र दीपा श्रेष्ठ तेस्रो भए।

अन्य विधामा –

यु–१६ ब्वाइज फाइनल प्रवेश: जयस्नु महर्जन र उज्ज्वल मानन्धर

यु–१४ ब्वाइज फाइनल प्रवेश: निश्चल थापा र अर्नव श्रेष्ठ

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले प्रतियोगिताको उद्घाटन गरेका थिए। उपमेयर सुनिता डंगोलसहित जनप्रतिनिधिको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्