
काठमाडौं
प्रथम राष्ट्रिय यु–१९ ब्याडमिन्टन प्रतियोगितामा त्रिभुवन आर्मी क्लबका सुविन श्रेष्ठ र रिहान्ना शेरचन स्वर्ण पदक विजेता बनेका छन्।
टोखा नगरपालिका र डिबीए एकेडेमीको आयोजनामा सम्पन्न प्रतियोगिताको यु–१९ ब्वाइज फाइनलमा सुविनले सुनसरी ब्याडमिन्टन एकेडेमीका एन्ड्रियज लिम्बुलाई २१–१९, २१–१७ ले हराए। तेस्रो स्थानमा इमा तामाङ र सुदेश राजकोटी रहे।
गल्र्सतर्फ आर्मीकी रिहान्नाले लालिगुराँसकी अस्मिता खत्रीलाई २१–१३, २१–१३ ले पराजित गर्दै उपाधि जितिन्। निभा राई र प्रेन्सा श्रेष्ठ तेस्रो भए।
विजेताले २० हजार, दोस्रोले १० हजार र तेस्रो स्थान हासिल गर्नेले ५ हजार रुपैयाँ प्राप्त गरे।
अन्य विधामा विजेता:
यु–१५ ब्वाइज: सुदेश राजकोटी (आर्मी)
यु–१५ गल्र्स: निभा राई
यु–१३ ब्वाइज: दिप थिङ (आर्मी)
यु–१३ गल्र्स: सविज्ञा दाहाल (सुनसरी)
पुरस्कार वितरण नेपाल प्रहरीका एआईजी चन्द्रकुवेर खापुङलगायतले गरे।





