दिवसलाई एनएसडब्लु कपमा स्वर्ण पदक




कराते खेलाडी दिवस श्रेष्ठले अस्ट्रेलियामा सम्पन्न एनएसडब्लु कपमा स्वर्ण पदक जितेका छन्। सिड्नीमा सम्पन्न उक्त प्रतियोगिताको पुरुष सिनियर १८ वर्षमाथिको ७५ केजीमाथिको एलिट समूहमा दिवसले उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण हात पारेका हुन्। कराते प्रशिक्षक कुशल श्रेष्ठका अनुसार, नेपालका लागि १३औं दक्षिण एसियाली खेलकुद (साग) मा रजत पदक जितिसकेका दिवसले फाइनलमा अस्ट्रेलियाका खेलाडीलाई ५–२ ले पराजित गरेका थिए। हाल दिवस अस्ट्रेलियामै बसोबास गर्छन्।

प्रतिक्रिया दिनुहोस्