
काठमाडौं भ्याली कलेज (केभीसी) द्वारा स्युचाटारमा आयोजित केभीसी एसइइ कप थ्री बाइ थ्री छात्र बास्केटबल प्रतियोगिताको उपाधि राराहिलले जितेको छ। शनिबार सम्पन्न फाइनलमा राराहिलले ग्रिनफिल्डलाई २०–१७ ले हरायो। राराहिलका मनोज ओलीले ११ अंक जोडे र प्रतियोगिताको MVP समेत घोषित भए।
सेमिफाइनलमा राराहिलले आयोजक केभीसीलाई १९–१३ र ग्रिनफिल्डले विस्डमलाई १३–८ ले पराजित गर्दै फाइनल यात्रा तय गरेका थिए।
पुरस्कार वितरण कार्यक्रम केभीसीका अध्यक्ष डा. स्वागत श्रेष्ठ र प्रिन्सिपल संगीता श्रेष्ठको उपस्थितिमा सम्पन्न भयो।
एकदिने प्रतियोगितामा १८ टिमले लिगकम नकआउट प्रणालीमा प्रतिस्पर्धा गरेका थिए।





