काठमाडौं जिल्लाव्यापी वृहत खेलकुद शनिबारदेखि सुरू



काठमाडौं महानगरपालिका–२६ को आयोजनामा शनिबारदेखि काठमाडौं जिल्लाव्यापी वृहत खेलकुद सुरु हुँदैछ। संयोजक प्रवेश श्रेष्ठले शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै प्रतियोगितामा फुटसल, टेबलटेनिस, तेक्वान्दो, कराते र क्योकुसिन कराते गरी पाँच खेल समावेश हुने बताए।

पुरस्कार विवरणः

फुटसल (पुरुष) :

विजेता: रु. १,५०,०००

उपविजेता: रु. ७५,०००

उत्कृष्ट ३ खेलाडीलाई जनही रु. १०,०००

टेबलटेनिस (८ स्पर्धा):

कुल पुरस्कार: रु. १,६०,०००

तेक्वान्दो (१० पुरुष र १० महिला स्पर्धा):

प्रथम टिम: रु. ७५,०००

द्वितीय: रु. ५०,०००

तृतीय: रु. २५,०००

उत्कृष्ट पुरुष/महिला: जनही रु. १०,०००

व्यक्तिगत स्पर्धा: रु. ४,०००, ३,०००, २,००० (क्रमशः)

कराते (महिला एकल काता/टिम कुमुते):

एकल काता: ३०,०००, १५,०००, ५,०००

टिम कुमुते: ५०,०००, २५,०००, १०,०००

क्योकुसिन कराते (५ पुरुष स्पर्धा):

शीर्ष चार: १०,०००, ८,०००, ६,०००, ५,०००

कुल पुरस्कार राशि ११ लाख ९० हजार रुपैयाँ रहेको छ। फुटसल लैनचौर मैदानमा तथा अन्य खेलहरू राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र, लैनचौरमा हुनेछन्।

प्रतियोगितामा काठमाडौं महानगरका ३२ वडासहित १० नगरपालिकाका झण्डै २ हजार खेलाडी सहभागी हुनेछन्। आयोजनामा करिब ६५ लाख खर्च हुने अनुमान गरिएको छ, जसमा ३५ लाख वडा २६ आफैंले खर्च गर्नेछ भने बाँकी विभिन्न संस्थाबाट संकलन गरिनेछ।

खेल संयोजकः

तेक्वान्दो: गौरव रजक

फुटसल: रामबहादुर रजक

क्योकुसिन कराते: विप्लव थापा

कराते: सन्तोष श्रेष्ठ

टेबलटेनिस: सुरज केसी

असार ८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको पहिलो दिन टेबलटेनिसबाट सुरू हुनेछ।

प्रतिक्रिया दिनुहोस्