निब्स एसईई कप: आयोजक निब्ससहित ८ टिम गल्र्स क्वार्टरफाइनलमा, ब्वाइजमा प्रिक्वार्टर तय



काठमाडौं, जेठ ३० — आयोजक नेसनल आइडियल बोर्डिङ स्कुल (निब्स) द्वितीय निब्स एसईई कप थ्री बाई थ्री बास्केटबल प्रतियोगिताको गल्र्सतर्फ शुक्रबार क्वार्टरफाइनलमा प्रवेश गरेको छ। निब्ससँगै भ्याली पब्लिक ‘ए’ र ‘बी’, लालीगुराँस नेसनल एकेडेमी, न्युटन, फेरिल्यान्ड, हिमशिला र ग्रिनल्यान्ड पनि अन्तिम आठमा पुगेका छन्।

ब्वाइजतर्फ भ्याली पब्लिक, क्यान्भास बसन्त ऋतु, स्किब्स ‘ए’, टिम हसल, लालीगुराँस ‘ए’ र ‘बी’, फेरिल्यान्ड, हिमशिला, बीएमसीए, ग्रिनल्यान्ड, पारामाउन्ट एकेडेमी, नेसनल युनाइटेड, जेबी स्कुल, स्पोर्ट्स जोन, न्युटन र मन्जरी प्रिक्वार्टरफाइनलमा पुगेका छन्।

प्रतियोगिताको उद्घाटन निब्सका संस्थापक प्रिन्सिपल देवनारायण महतो र विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष रेणु महतोले संयुक्तरूपमा बल हस्तान्तरण गरी गरेका थिए।

ब्वाइजतर्फ २४ र गल्र्सतर्फ १२ गरी कुल ३६ टिम सहभागी छन्। दुवै समूहका विजेताले नगद १० हजार तथा उपविजेताले ७ हजार पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिता शनिबार सम्पन्न हुनेछ।

प्रतिक्रिया दिनुहोस्