
काठमाडौं ।
दशनामी सन्यासी समुदायमा सक्रिय कलाकार, साहित्यकार र संस्कृतिकर्मीहरूलाई संगठित गर्ने उद्देश्यले ‘दशनामी साहित्य, कला तथा संस्कृति विभाग’ गठन गरिएको छ। राजधानीमा आयोजित भेलामार्फत उक्त विभागको औपचारिक गठन गरिएको हो।
भेलाले कलाकार, निर्माता तथा निर्देशक अर्जुन गिरीको संयोजकत्वमा २२ सदस्यीय कार्यसमिति गठन गरेको छ। कार्यसमितिमा निम्न सदस्यहरू चयन भएका छन् : भूमिका गिरी, हरी गिरी ‘बिमर्षी’, मिरा गिरी, राजु गिरी, पूजा पुरी, अस्मिता पुरी, अमृत भारती, कणराज गिरी, सचिन गिरी, राजेन्द्र गिरी ‘जादुगर गुन्द्रुके’, कुबेर गिरी, बाबुल गिरी, अनिता गिरी, अञ्जु पुरी, उज्वल गिरी, अब्सरा पुरी, अपेक्षा गिरी, सरस्वती बन, समुन्द्र गिरी र लक्ष्मी गिरी।
संयोजक गिरीले दशनामी सन्यासीहरू गायन, नृत्य, अभिनय, साहित्यलगायतका कलाका विभिन्न विधामा सक्रिय रहेको उल्लेख गर्दै सबैलाई एउटै संरचनामा आबद्ध गर्न विभाग गठन गरिएको बताए।
उनले भने, “देशभर छरिएर रहेका दशनामी सन्यासीहरूमा पनि कला र साहित्यमा क्रियाशील धेरै प्रतिभाहरू छन्। यस विभागले उनीहरूलाई एकीकृत गर्दै सशक्त रूपमा अघि बढ्न मद्दत पुर्याउनेछ।”
उनका अनुसार विभागले आगामी दिनमा नेपाली कला र संस्कृतिको अन्तर्राष्ट्रिय प्रचार–प्रसारमा योगदान पुर्याउने लक्ष्य राखेको छ।





