निब्स एसइइ कप बास्केटबल प्रतियोगिता भोलिदेखि



काठमाडौं, जेठ २९ गते।


नेसनल आइडियल बोर्डिङ स्कुल (निब्स) को आयोजनामा दोस्रो निब्स एसइइ कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता शुक्रबारदेखि सुरु हुँदैछ।

पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै निब्सका संस्थापक प्रिन्सिपल देवनारायण महतोले ब्वाइजतर्फ २४ र गल्र्सतर्फ १२ टिम सहभागी हुने बताए। विजेता टोलीले १० हजार र उपविजेताले ७ हजार नगद पुरस्कार पाउनेछ।

दुईदिने प्रतियोगिता मण्डिखाटारस्थित विद्यालयको कोर्टमा लिग कम नकआउट प्रारूपमा सञ्चालन हुनेछ। प्रतियोगिता सञ्चालनका लागि करीब २ लाख रुपैयाँ खर्च हुने निब्सका ईसीए इन्चार्ज अमृत लामिछानेले जानकारी दिए। विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष रेणु महतोले पुरस्कार व्यवस्थाबारे जानकारी गराएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्