
पोखरामा जारी प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब र न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब सेमिफाइनलमा प्रवेश गरेका छन्।

बुधबार समूह चरणको दोस्रो खेलमा पुलिसले स्टेप रामपुरलाई २५–७, २५–९, २५–९ ले हरायो। न्यु डायमन्डले गण्डकीलाई २५–८, २५–१०, २५–१२ ले पराजित गर्यो। दुबैले सुरुआती दुई खेल जित्दै सेमिफाइनल स्थान सुरक्षित गरे।
प्रतियोगिता विजेताले ६ लाख, उपविजेताले ३ लाख र तेस्रो हुनेले १ लाख रुपैयाँ प्राप्त गर्नेछन्। उत्कृष्ट खेलाडीलाई ३० हजार र विधागत उत्कृष्ट खेलाडीलाई जनही २० हजार रुपैयाँ पुरस्कार दिइनेछ।





