पुरुषोत्तम सिलवालको चेसमा अन्तर्राष्ट्रिय रजत



श्रीलंकामा सम्पन्न ‘द वेस्टर्न एसियन जुनियर चेस च्याम्पियनसिप’ अन्तर्गत ब्लिट्ज चेसमा नेपालका सिएम पुरुषोत्तम सिलवालले रजत पदक जितेका छन्।

९ राष्ट्रका ५९ खेलाडी सहभागी प्रतियोगितामा २१३० रेटेड पुरुषोत्तमले शीर्ष वरीयताका भारतका २३७९ रेटेड आइएम मायाङ्क चक्रवर्तीलाई अन्तिम चरणमा पराजित गरे।

उज्बेकिस्तानका एफएम अबु खाकिमोभ अकबरलिले ६ अंक र २५.५ प्रोग्रेसिभ प्वाइन्टसहित स्वर्ण जिते। पुरुषोत्तमले पनि ६ अंक र २४.५ प्रोग्रेसिभ प्वाइन्ट जोड्दै रजत हात पारे। मायाङ्कले काश्यमा सीमित रहनु पर्यो।

यसअघि सिंगापुरमा रुपेश जैशवालले रापिडमा रजत र ब्लिट्जमा कांस्य जितेका थिए भने कृष्ण थापाले नेपालमै आयोजित एशियन एमेच्योर च्याम्पियनसिपमा स्वर्ण जितेका थिए।

नेशनल युथ च्याम्पियनसिपमा भाग लिन पुरुषोत्तमले एशियन जुनियर ¥यापिड च्याम्पियनसिप त्यागेर नेपाल फर्केका छन्। त्रिभुवन विमानस्थलमा नेपाल बुद्धिचाल महासंघका कोषाध्यक्ष ताराबहादुर रानाभाटले स्वागत गरे।

प्रतिक्रिया दिनुहोस्