प्रचण्ड कप महिला भलिबलमा पुलिस र न्युडायमन्डको शानदार प्रदर्शन



पोखरा, जेठ २७
पोखरामा मंगलबार सुरु भएको प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब र न्युडायमन्ड युथ स्पोर्ट्स क्लबले पहिलो दिन शानदार जित हात पारेका छन्।

कभर्डहलमा भएको उद्घाटन खेलमा पुलिसले एपीएफलाई २५–२२, २७–२५ र २५–१७ को सेटमा पराजित गर्यो भने दोस्रो खेलमा न्युडायमन्डले एभरेस्ट क्लबलाई २५–११, २५–१८ र २५–१० को सेटमा हरायो।

दुवै टिमले २–२ अंक जोड्दै प्रतियोगितामा बलियो सुरुआत गरेका छन्।

मंगलबार आयोजित एक समारोहमा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतियोगिताको उद्घाटन गरेका थिए। विजेता टिमले ६ लाख, उपविजेताले ३ लाख र तेस्रो हुनेले १ लाख रुपैयाँ पाउनेछन्।

सर्वोत्कृष्ट खेलाडीले ३० हजार र विधागत उत्कृष्ट खेलाडीले जनही २० हजार नगद पुरस्कार प्राप्त गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्