भुटान प्रस्थान गर्दै शारीरिक सुगठन टोली



काठमाडौं, जेठ २७
१५औं दक्षिण एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा सहभागी हुन १० सदस्यीय नेपाली टोली बुधबार भुटानको थिम्पु प्रस्थान गर्नेछ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले मंगलबार बिदाइ गरे।

खेलाडीमा शरद सुवाल, प्रनेश श्रेष्ठ, औतार श्रेष्ठ, उर्मिला श्रेष्ठ र शिला ठकुरी रहेका छन्। टोलीमा प्रशिक्षक रुजेश शाही, व्यवस्थापक सुरेश सुवेदी, निर्णायक दीपेन्द्र प्याकुरेललगायत रहेका छन्।

प्रतियोगिता जेठ २८ देखि असार १ गतेसम्म सञ्चालन हुनेछ।

प्रतिक्रिया दिनुहोस्