राष्ट्रिय स्क्वास च्याम्पियनसिपमा बागमतीको उत्कृष्ट प्रदर्शन



काठमाडौं, जेठ २७
नेपाल स्क्वास र्याकेट्स संघद्वारा आयोजित १३औं एनएसआरए राष्ट्रिय स्क्वास च्याम्पियनसिप मंगलबार सातदोबाटोस्थित एकेडेमी हलमा सुरु भएको छ।

प्रतियोगिताको पहिलो दिन पुरुष टिम इभेन्टमा बागमती प्रदेशले कर्णाली र कोशी दुवै प्रदेशमाथि सहज जीत हात पार्यो।

बागमतीका खेलाडी अरहन्त के. सिम्ह, पासाङ ब्लोन र राकेश परियारले सबै सेट सोझै जिते। कोशीविरुद्ध अरहन्तले नयन बहादुरलाई ११–६, ११–३, ११–३ ले हराए भने पासाङले सुर्य कुमारलाई ११–६, ११–५, ११–४ ले पराजित गरे।

यसैगरी, लुम्बिनीले गण्डकीलाई ३–२ ले हराउँदै विजयी शुरुवात गर्‍यो।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले प्रतियोगिताको उद्घाटन गर्दै स्क्वासको विकासमा यस्ता प्रतिस्पर्धाले ठूलो भूमिका खेल्ने बताए।

प्रतिक्रिया दिनुहोस्