
काठमाडौं, जेठ २७
नेपाल स्क्वास र्याकेट्स संघको आयोजनामा शुरु भएको १३औं एनएसआरए राष्ट्रिय स्क्वास च्याम्पियनसिपको पहिलो दिन बागमती प्रदेशले पुरुष टिम इभेन्टमा दुवै खेल जित्दै प्रभावशाली सुरुआत गरेको छ।
सातदोबाटोस्थित नेपाल स्क्वास संघको एकेडमी हलमा भएको खेलमा बागमतीले कर्णाली प्रदेश र कोशी प्रदेशलाई सोझो सेटमा पराजित गरेको हो। कर्णालीविरुद्ध अरहन्त के सिम्ह र पासाङ ब्लोन विजयी भए। अरहन्तले जलन जिसीलाई ११–२, ११–७, ११–७ ले र पासाङले हिमाल जिसीलाई ११–०, ११–३, ११–० ले पराजित गरे।
कोशीविरुद्ध पनि बागमतीका राकेश परियार, अरहन्त सिम्ह र पासाङ ब्लोनले सहज जित हात पारे।
यसै दिन लुम्बिनी प्रदेशले गण्डकी प्रदेशलाई ३–२ ले हराउँदै विजयी सुरुआत गर्यो। सुदीप बहादुर सिंह र गौरव कटवालले लुम्बिनीका लागि महत्त्वपूर्ण जित दिलाए, भने गण्डकीका नवराज श्रेष्ठले सान्त्वना जित दिलाए।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टङकलाल घिसिङले प्रतियोगिताको उद्घाटन गर्दै स्क्वासजस्तो सम्भावनायुक्त खेलमा यस्ता प्रतियोगिताहरूले नयाँ प्रतिभा उजागर गर्न सहयोग पुर्याउने बताए।
प्रतियोगितामा पुरुषतर्फ छ प्रदेश सहभागी छन्, जसलाई दुई समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। महिला टिम इभेन्ट्समा चार प्रदेशको सहभागिता रहेको छ, जहाँ लिग चरणको शीर्ष टोली नै च्याम्पियन घोषित हुनेछ।





